बिनु यादवले छ्यापिन् सर्वोच्चको बोर्डमा कालोमसी

घरेलु हिंसामा परेको भन्दै सर्वोच्च अदालतमा मुद्दा लडिरहेकी बिनु यादवले सर्वोच्च अदालतको बोर्डमा कालोमसी छ्यापेकी छन् ।

यादवले मंगलबार बिहान साढे ११ बजे गेट नजिकै रहेको सर्वोच्चको बोर्डमा कालोमसी छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालोमसी छ्यापेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेको छ ।

यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।

सम्बन्धित समाचार