५५ करोड बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ

प्रहरीले ५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भइ हाल ललितपुर बस्ने ३७ वर्षीय सुनिल राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।

उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको प्रहरीले जनाएको छ । साथै, बेटिङ एपमार्फत अनलाइन जुवा खेलाएको आरोप उनमा छ ।

राईले ७५ वटा बैंक खाता र १२८ वटा ई–सेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोप छ । उनले २५ भन्दा बढी इमेल अकाउन्ट खोली वान एक्स विटमा प्रयोग गर्ने गरेको खुल्न आएको छ ।

सम्बन्धित समाचार