काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१४ स्थित ढुंगेअड्डामा सञ्चालित ‘एसियन फुड स्टोर’मा प्रहरीले छापा मारेको छ । आर्किड कोलोनीमा रहेको स्टोरमा छापा मारेर म्याद गुज्रिएको हरियो केराउ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।
म्याद गुज्रिएको केराउ ‘रि–लेबलिङ’ गरेको आरोपमा प्रहरीले केराउको कारोबार गर्ने मध्येका रितेश अग्रवालसहित ४ जनालाई पक्राउ गरेको छ । क्यानडामा उत्पादन भएको भनेर आरोपीहरूले म्याद गुज्रिएको हरियो केराउ रि प्याकिङ गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
केराउ कारोबारी मध्येका रोहित अग्रवाल फरार छन् । कारोबारीहरूले रि–लेबलिङ गरेर २४० बोरा केराउ बजारमा पठाउन लागेको भेटिएको छ । स्टोरमा करिब ४५ लाखको म्याद नाघेको केराउ भेटिएको छ ।