विपिन र स्वस्तिमा उत्कृष्ट अभिनेता/अभिनेत्री, निर्देशकमा निश्चल

वि.सं २०८० सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरिएको छ । बुधबार शितल निवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा पुरस्कार वितरण गरे ।

समारोहमा फिल्म ‘बुलाकी’ लाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ । त्यसैगरि, ‘प्रसाद २’ बाट बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड पाउँदा स्वस्तिमा खड्काले ‘दिमाग खराब’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् ।

त्यस्तै, ‘दिमाग खराब’ बाटै निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे ।

‘बुलाकी’ बाट राजबहादुर सानेले उत्कृष्ट पटकथा लेखन तथा संवादको अवार्ड जित्दा ‘बुलाकी’बाटै शिव ढकाल सर्वश्रेष्ठ छायाकारको रुपमा पुरस्कृत भए । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले सर्वश्रेष्ठ व्यावसायिक सफल फिल्मको अवार्ड प्राप्त गरेको छ ।

राष्ट्रिय चलचित्र अवार्ड २०८० विजेताहरु
उत्कृष्ट चलचित्र: बुलाकी

उत्कृष्ट अभिनेता: बिपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: लोजिमा (लिम्बु भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कार:
अभिनेत्री- स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र- जारी (वि.सं. २०८०)

विशेष योगदान सम्म्मान:
त्यैयव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता
भोज बहादुर गुरुङ – निर्देशक /निर्माता
अमुल कार्की ढली – संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामांग – कलाकार
सबिता गुरुङ – कलाकार

विशेष चलचित्र पुरस्कार
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

चलचित्र दीर्घ साधना सम्मान:
चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री)

सम्बन्धित समाचार