बिहीबार सेयर बजारको परिसूचक नेप्से २७४८ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ८.३० अंक घटेको हो ।
बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बजारमा ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो । यस दिन बजारमा कुल १ करोड ६६ हजार कित्ता सेयर किनबेच भए ।
आज ५० वटा सेयर बढे पनि १९४ वटा घट्नपुगेका छन् । आज कुल ३ वटा सेयरमा सर्किट ब्रेक भएको छ । विशाल बजार कम्पनी र विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको र मानुषी लघुवित्तको भने सोही दरमा घटेको हो ।
यसअनुसार बढ्ने कम्पनीका सेयरधनीले प्रतिकित्ता क्रमशः ४९५ रुपैयाँ र २५९.५० रुपैयाँ आम्दानी गर्दा मानुषीका सेयरधनीले २४९.९० रुपैयाँ गुमाएका छन् ।
कारोबारतर्फ आज एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३१ करोड, नेपाल फाइनान्सको २९ करोडको उच्च सेयर कारोबार भएको छ ।