महाबुमा एकीकृत समाजवादीका उम्मेदवारले गरे एमालेलाई समर्थन

दैलेखको महाबु गाउँपालिकामा नेकपा ९एकीकृत समाजवादी०बाट अध्यक्ष पदका उम्मेदवारले एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् ।

एकीकृत समाजवादीबाट उम्मेदवार बनेका जगत हमालले बिहीबार विज्ञप्ति जारी गर्दै एमालेका उम्मेदवार जंगबहादुर शाहीलाई समर्थन गर्ने जनाएका हुन् । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा समाजवादी र एमाले एक ठाउँमा उभिएका छन् ।

हमालले समर्थन गरेसँगै महाबुमा अध्यक्ष पदका उम्मेदवार ६ जनामात्र चुनावी मैदानमा छन् । एमालेबाट शाही, नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर थापामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुजनकुमार रावत चुनावी मैदानमा होमिएका हुन् । उम्मेदवार उठाएका दलका केन्द्रीय नेताहरू चुनावी अभियानमा गाउँ–गाउँमा छन् ।

स्थानीय तह उपनिर्वाचन यही मंसिर १६ गते हुँदैछ ।

सम्बन्धित समाचार