रवि लामिछानेलाई आज काठमाडौं ल्याइदैँ

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। लामिछानेलाई बिहीबार अपराह्न साढे ५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइदैँ छ ।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो। सभापति लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ।

लामिछानेमाथि काठमाडौं जिल्ला अदालतबाट कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको हो।

यस्तै उनीबिरुद्ध साहारा चितवन सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। उनीमाथि यसपश्चात चितवनमा अनुसन्धान हुनेछ।

सम्बन्धित समाचार