यू- १९ एसिया कपः नेपालले पायो २ सय ३४ रनको लक्ष्य

यूएईमा सुरु एसीसी यू–१९ एसिया कप २०२४ मा नेपालले श्रीलंकाविरुद्ध जितका लागि २ सय ३४ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो ।

श्रीलंकाका शरुजन शणमुगनाथनले सर्वाधिक ६२ रन जोडे । लकविन अबेसिङ्घेले ५० रनको अर्धसतकीय इनिङ खेले । बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । युवराज खत्रीले २, कप्तान हेमन्त धामी र नरेन साउदले एक/एक विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

सम्बन्धित समाचार