कुमारी बैंकका ग्राहकलाई भिजन कार्टको क्लिनिकमा आकर्षक छुट

 कुमारी बैंकका सबै ग्राहकलाई बुढानीलकण्ठमा रहेको भिजन कार्ट प्रालिले आफ्नो क्लिनिकबाट प्रदान हुने सेवाहरुमा छुट दिने भएको छ ।

दुई पक्षबीच भएको सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई भिजन कार्टको क्लिनिकमा ओपीडी शुल्क र परीक्षणमा ४० प्रतिशत छुट दिइने भएको छ ।

यस्तै निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५% सम्म छुट दिइने पनि बताइएको छ । साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५% छुट, सनग्लासमा १०% छुट, र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने बताइएको छ ।

२३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दैआएको छ ।

सम्बन्धित समाचार