महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकारलगायत क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागज राउन्ड टेबल नेपाल र बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनका लागि दिने र त्यसमार्फत प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासका लागि खर्चिने गरी राउन्ड टेबल नेपालसँग समझदारी भएको बैंकले बताएको छ ।
बैंकले चार सय बढी घरधुरी रहेको तिनकुने टोल सुधार समिति काठमाडौंलाई फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ ।
यस्तै, ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कलाकृति प्रदर्शनका लागि आयोजित पाटन हेरिटेज रनवे आयोजना गर्न आर्थिक सहयोग गरेको छ ।
दैनिक कार्यसञ्चालनका लागि कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्सीजस्ता कार्यालय सामग्री खरिद गर्न शिवमन्दिर, बसडिलवा, सिद्धार्थनगर रुपन्देहीलाई बैंकले आर्थिक सहयोग गरेको छ ।