काठमाडौंमा रविको आजको बयान सकियो (भिडियो)

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो ।

जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको हो । लामिछानेलाई बयानका लागि बिहान साढे ९ बजे सरकारी वकिल कार्यालय लगिएको थियो । दिउँसो साढे तीन बजे उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा फर्काइएको हो ।

उनलाई अब आइतबार पुनः सरकारी वकिल कार्यालयमा लगिने छ । शनिबार बिदा भएकाले उनको बयान हुनेछैन । स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान गराएपछि पुनः पोखरा नै फर्काइने छ ।

सम्बन्धित समाचार