युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
साइबर ब्युरोले नुवाकोटको शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई पक्राउ गरेको एसपी दिपकराज अवस्थीले जानकारी दिए ।
सामाजिक सञ्जालबाट प्रेम प्रस्ताव राख्दै भिडिओ कल गर्ने क्रममा अश्लील अंग देखाउन लगाएर रेकर्ड गरी आफू र आफन्तलाई समेत पठाई अपमान र बेइज्जत गरेको भनी पीडित युवतीले साइब ब्युरोमा निवेदन दिएकी थिइन् । उजुरी परेपछि प्रहरीले केसीलाई पक्राउ गरेको हो ।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्न पाँच दिनको अनुमति लिइसकेको छ ।
उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।