युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो ।
श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्र बनायो । नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए ।
श्रीलंकाका प्रवीण मनीशाले ९ ओभरमा ३० रन दिएर ३ विकेट लिए । न्यूथन रन्जितकुमार, मथुलान कुगथास, विहास थ्योमिकाले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो ।