मलेसियामा बाढीका कारण एक लाखभन्दा बढी मानिस विस्थापित

मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षापछि आएको ठूलो बाढीका कारण एक लाख २२ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यो संख्या सन् २०१४ मा देशमा आएको बाढीको समयमा विस्थापित एक लाख १८ हजारलाई नाघेको छ । अधिकारीहरूले यो अझै बढ्न सक्ने बताएका छन् ।

केलान्तान, तेरेन्गानु र सारवाकमा मृत्यु हुनेको संख्या चार रेकर्ड गरिएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीको तथ्यांकानुसार, केलान्तान राज्य बाढीको चपेटामा परेको छ । बाढीबाट प्रभावित हुनेमध्ये ६३ प्रतिशत यहाँका रहेका छन् ।

तेरेन्गानुमा लगभग ३५ हजार मानिस विस्थापित भएका छन् । बाँकी विस्थापित अन्य सात राज्यबाट रिपोर्ट गरिएको हो ।

यसै हप्ताको सुरुमा  भएको भारी वर्षा केलान्तानको पासिर पुतेह सहरमा जारी रह्यो, जहाँ मानिस जलमग्न सडकहरूबाट हिँडिरहेका देख्न सकिन्थ्यो । 

सम्बन्धित समाचार