मेलम्चीको ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा

मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ । मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो । अम्बाथानस्थित आयोजनाको हेडवर्कस्भन्दा माथिल्लो भेग बाढीपहिरोका कारण चिराचिरा परेको छ ।

मेलम्ची जलाधार क्षेत्रको कमजोर संरचना भत्किने क्रम जारी छ। जलाधार क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन । यद्यपि जलाधार क्षेत्र नै भत्किन पुग्दा मेलम्चीको पानीको मुहान नै सुक्ने हो कि भन्ने आशंकासमेत उब्जिएको छ । सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा मेलम्ची आयोजनाको पहिलो र दोस्रो खण्डमा करिब ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ ।

त्यसमध्ये ३० अर्ब आयोजनाको हेडवक्र्स तथा सुरुङमार्ग निर्माणमा खर्च भएको हो । यसबाहेक मेलम्चीको पानी सुन्दरीजलमा आएपछि उपत्यकाबासीको घरदैलोमा पुर्‍याउने संरचनामा निर्माणमा २१ अर्ब खर्च भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार