पूर्वडीआईजी छविलाई बयानका लागि चितवन लगियो

सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई बयानका लागि चितवन लगिएको छ ।

पोखरा प्रहरीको हिरासतमा रहेका उनलाई हवाई जहाजमार्फत आइतबार दिउँसो चितवन लगिएको हो । चितवनको साहारा सहकारीको रकम अपचलन मुद्दामा बयानका जोशीलाई चितवन ल्याएको चितवन प्रहरी प्रमुख, एसपी गौतम मिश्रले जानकारी दिए ।

साहारा सहकरीको ३७ करोड ६५ लाखभन्दा बढी रकम गोर्खा मिडियामा गएको अनुसन्धानबाट खुलेको छ । यो प्रकणमा गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी)सहित १७ जनाविरुद्ध गत असोजमा किटानी जाहेरी परेको थियो ।

सम्बन्धित समाचार