नोभेम्बरसम्म साढे १० लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । शनिबारसम्म १० लाख ५५ हजार पर्यटक भित्रिएका हुन् ।
नोभेम्बरमा १ लाख १४ हजार पर्यटक भित्रिएका छन् । गत वर्षको तुलनामा ५.४ प्रतिशत बढेपनि २०१९ को तुलनाामा १२ प्रतिशत अझै कमी रहेका छन्। २०२३ मा १ लाख ८ हजार पर्यटक भित्रँदा २०१९ मा १ लाख ३० हजार आएका थिए ।
२०१९ सँग तुलना गर्दा ११ महिनामा १० लाख ९६ हजार भित्रिएका थिए । कोभिडअघिको तुलना गर्दा ४० हजार ७९२ कम आएका छन् ।
नोभेम्बर महिनामा भारतबाट १९ हजार ९१५ पर्यटक भित्रँदा, दोस्रोमा रहेको अमेरिकाबाट १० हजार ९८१, तेस्रो नम्बरको चीनबाट ९ हजार ४५८ पर्यटक भित्रिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताएका छन् ।
बेलायतबाट ६ हजार ६११, बंगलादेशबाट ५ हजार १४८, अष्ट्रेलियाबाट ४ हजार ८२९ भित्रिएका छन् ।