दोलखाको गौरीशंकर गाउँपालिकामा जारी निर्वाचनमा हालसम्म ७ हजार बढी मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा हालसम्मको अवधिमा ७ हजार ३ सय ३४ मत खसेको हो ।
जिल्ला निर्वाचन कार्यालय दोलखाले दिएको जानकारी अनुसार १२ मतदान स्थलका २१ मतदान केन्द्रमा मतदान जारी छ । जसमा हालसम्म १ नम्बर वडामा ७५१ मत खसेको छ भने दुई नम्बर वडामा ७२७ मत खसेको बताइएको छ ।
यस्तै, ३ नम्बर वडामा ८४५, ४ नम्बर वडामा ८९०, ५ नम्बर वडामा १ हजार ४३९, ६ नम्बर वडामा ६२३, ७ नम्बर वडामा ७८१ र ८ नम्बर वडामा हालसम्मको अवधिमा २८० मत खसेको बताइएको छ। कुल मतदाताको ४५ प्रतिशत मत खसेको हो । गौरीशंकरमा कुल १५ हजार ७ सय १८ मतदाता छन् ।
गौरीशंकरमा उपाध्यक्ष पदका लागि निर्वाचनमा ७ राजनीतिक दल र ९ जना स्वतन्त्र गरि १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।