धनुषाधाम-१ मा माओवादीका २८ वर्षीय केवटले भत्काए कांग्रेसको गढ

धनुषाको धनुषाधाम नगरपालिका १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ। उपनिर्वाचनमा माओवादीका २८ वर्षीय सुनिल कापर केवट विजयी भएका हुन्।

विजयी केवटले ६८४ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुवोध कुमार यादवले ६०२ मत प्राप्त गरे भने जनता समाजवादी पार्टी, नेपालका सन्देश प्रसाद यादवले ४९९ मत प्राप्त गरे।

यस्तै, नेकपा एमालेका जिउती देवी यादले ४९४ मत प्राप्त गरिन्। यस वडामा ११ दल र ९ स्वतन्त्र गरि २० जना चुनावी प्रतिस्पर्धामा थिए।

यस वडामा नेपाली कांग्रेसबाट लगातार दुईपटक वडाध्यक्ष जितेका विश्वनाथ यादवको ३१ जेठ २०८१ मा निधन भएपछि उपनिर्वाचन भएको हो।

सम्बन्धित समाचार