कांग्रेसबाट फुत्कियो ग्रामथान र नलगाड, दुवै पालिकामा माओवादीको शानदार जित

नेपाली कांग्रेसको विरासत भत्काउँदै मोरङको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ । कांग्रेसका बलराम सरदारलाई भारी मतले पछि पार्दै माओवादीका उम्मेदवार नमोनारायण माझी विजयी भएका हुन् ।

निर्वाचनको मुखमा काङ्ग्रेसबाट असन्तुष्ट हुँदै माओवादीमा प्रवेश गरेका माझीले ६९७९ मत ल्याएका छन् । काँग्रेसका बलराम सरदारले ५३३३ पाएका छन् ।

२०७४ को निर्वाचनमा पालिका अध्यक्ष जितेको एमाले भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेबाट उम्मेदवार बनेका तुलसीराम विश्वासले ४१५९ मत पाए ।

यता कांग्रेसले नै जितेको जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा पनि नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने ४२७२ मतका साथ विजयी भएकी हुन् । उनले कांग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई पराजित गर्दै विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार