रेमिट कम्पनी आइएमईमार्फत कारोबार गर्ने सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका छन् ।
आइएमईमार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आइएमई पेमार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको छुट प्राप्त गर्न सक्नेछन् । रकम प्राप्त गरेको तीन महिनासम्म रसिद देखाएर छुट लिन सकिने कम्पनीले जनाएको छ ।
मौलाकाली केबलकारका सञ्चालक रुद्रराज पौडेलले विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई मौलाकाली, कामाख्या देवीलगायतका देवस्थलको दर्शनमा प्रोत्साहित गरुन् भन्ने उद्देश्यले छुट व्यवस्था मिलाइएको बताए ।
नवलपुरको गैंडाकोटस्थित मौलाकाली केबलकार, रुपन्देहीको बुटवल र पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी सञ्चालनमा रहेको लुम्बिनी केबलकारले मन्दिर दर्शन र अन्य घुमफिर व्यवस्था मिलाउँदै आएका छन् ।