नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दुई देशबीच पारस्परिक सहयोग अभिवृद्दि तथा विभिन्न विकास परियोजनामा ती सहमति आधारित रहेको भ्रमण मण्डलले बताएको छ । ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङ भेट्नेछन् ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ गएको हो । मंसिर २० गते फर्किने कार्यक्रम छ ।