एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शारजहामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान १२३ रनमा अलआउट भएको हो । नेपाली बलिङसामु निरीह देखिएको अफगानिस्तान ३५।४ ओभरमै अलआउट भयो ।
अफगानिस्तानका महबुब खान र उजैरुल्लाह नियाजाइ शून्य रनमै आउट हुँदा फैजल शिनोजादाले ५२ रन जोडे । हम्जा खान ९, बर्कत इब्राहिम्जाइ १२, इजन बाराकजाइ १, नाजिफुल्लाह अमिरी १, नसीर खान १०, एएम गजनफार ११, खातिर स्टानिकजाइ १५ र नटआउट रहेका अब्दुल अजिजले ६ रन बनाए । नेपालले ६ रन अतिरिक्त दिएको थियो ।
बलिङतर्फ नेपालका युनिश ठकुरी र सन्तोष यादवले समान ३ विकेट लिँदा हेमन्त धामी र अभिशेख तिवारीको नाममा समान २ विकेट रह्यो । नरेन साउदले भने विकेट लिन सकेनन् ।