अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।
३३औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरूको बैंकिङ कारोबारलाई थप सहजीकरण गर्नको निमित्त उपलब्ध स्रोत साधनहरूको अधिकतम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रूपमा विकास गर्न प्रयास गर्नेछ ।
साथै, अपांगता भएका व्यक्तिहरूलाई सहज सेवा प्रदान गर्न दरबारमार्ग शाखामा एक कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रूपमा खटाइएको छ ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिस्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ समेत सञ्चालनमा ल्याएको छ ।