भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्रान्ड प्रवर्द्धकमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई निरन्तरता दिएको छ । कम्पनीले गत वर्ष अनुबन्धित गरेका कप्तान पौडेललाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
यसका लागि गत आइतबार ललितपुरको पुल्चोकस्थित हेडअफिसमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र रोहितकुमार पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।
ब्रान्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाएकोमा कप्तान पौडेलले खुसी व्यक्त गरेका छन् ।
इसेवाका सीईओ खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रानड प्रवर्द्धका रूपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए ।