बाटो काट्दै गरेकी किशोरीलाई बसले ठक्कर दिँदा मृत्यु

बसको ठक्करबाट कैलालीमा एक किशोरीको मृत्यु भएको छ । सुप प्र ०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट गौरीगङ्गा नगरपालिका–९ की १३ वर्षीया हरिना विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार मसुरियामा बाटो काट्ने क्रममा आज बिहान हरिनालाई बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको उपचारको क्रममा ज्यान गएको हो ।

बससहित चालक घोडाघोडी नगरपालिका–१ का राजेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार