एनपीएलः काठमाडौँले टस जित्यो, कर्णालीविरुद्ध फिल्डिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले पहिले फिल्डिङ गर्ने भएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर काठमाडौंले फिल्डिङको निर्णय लिँदै कर्णालीलाई ब्याटिङमा निम्त्याएको हो ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । दुवै टिम आज पहिलो जितको खोजीमा छन् ।

यसअघि पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । काठमाडौं गुर्खाजलाई चितवन राइनोजले पाँच विकेटले पराजित गरेको थियो ।

यस्तो छ दुवैको टीम :

कर्णाली 
सोमपाल कामी (कप्तान), गुल्सन झा, अर्जुन घर्ति, भुवन कार्की, नन्दन यादव, विपिन शर्मा, देव खनाल, वावर हायात, चान्डविक वाल्टन, जेसन मक्सुद, शिखर धवन।

काठमाडौँ गुर्खाज
करण केसी (कप्तान), भिम सार्की, साहव आलम, रासिद खान, शंकर राना, सुमित महर्जन, दिपेश कँडेल, माइकल लेविट, स्टेफन सेन इस्कीनाजी, गेहार्ड इरासमस, नाथन साउटर।

सम्बन्धित समाचार