मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आफ्नै घरको शौचालयमा लडेर मृत्यु भएको छ ।
शौचालयबाट निस्कने क्रममा अचानक लडेर बेहोस भएका राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ ६ बजेतिर शौचालयबाट निस्किने क्रममा उनी लडेका थिए । लडेर गम्भीर घाइते भएका राईलाई परिवारका सदस्यले उपचारका लागि हेटौँडा अस्पताल पुर्याएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले बताए ।
राईको शव हाल हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।