जनता र सदनले नमानेपछि एक दिन पनि टिकेन दक्षिण कोरियाको सैन्य कानून

दक्षिण राष्ट्रपति योन सुल यिओलले मङ्गलवार राति एक टेलिभिजन सन्देशबाट गरेको घोषणापछि लागेको सैन्य कानून फेल खाएको छ ।

कानून लागू भएको भनिएको दुई घण्टा भन्दा छोटो समयमै सदनले बहुमत सदस्यबाट कानुन गैर कानूनी भएको मतदानबाट पारित गर्‍यो । उपस्थित ३०० मध्ये १९० सांसदले सर्वसम्मतिले यो निर्णयको विरोध गरेका थिए ।

सदनलाई रोक्न हेलिकप्टरबाट सेना आएर धरपकड प्रयास गरे तर नागरिक र सांसदहरु टसटस नभए पछि उनीहरू फिर्ता गएका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति योलले भने, ‘राष्ट्रिय सभाको मागमा मार्सल ल (सैनिक कानुन) हटाइएको छ र सेना फिर्ता गरिएको छ । म राष्ट्रिय सभाको मागलाई स्वीकार गर्दछु ।’

मार्सल ल अर्डर हटेको केही घण्टामै दक्षिण कोरियामा विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति युन सुक(योलको राजीनामा माग गरिरहेका छन् ।

मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योलले देशमा मार्सल लको घोषणा गरेका थिए ।

राष्ट्रविरोधी तत्त्वलाई हटाउन यो कदम चालिएको उनले दाबी गरेका थिए ।

सम्बन्धित समाचार