गाँजा बोकेको गाडी नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार धनकुटाबाट धरान आउँदै गरेको गाडी नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड गोली चलाएको हो ।

प्रहरीको चेक प्वाइन्ट देखेपछि दुवै गाडीका चालक भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले उक्त गाडीबाट ६ सय ९० किलो गाँजा बरामद गरेको छ । दुई मध्ये एक जना चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा श्यामकुमार विश्वकर्मा छन् । फरार अर्का चालकको खोजी भइरहेको डीएसपी तिमल्सिनाले जानकारी दिए ।

सम्बन्धित समाचार