नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चारदिने चीन भ्रमणका क्रममा बुधबार चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको हो ।
फ्रेमवर्कमा नेपालका तर्फबाट निमित्त परराष्ट्रसचिव अमृतबहादुर राईले हस्ताक्षर गरेका छन् । योसँगै नेपालमा बीआरआईसँग सम्बन्धित परियोजना अघि बढाउन बाटो खुलेको छ ।