राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया गरिएको छ । बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रोस्टेटसम्बन्धी उपचारको लागि अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया (बाइबोलार टर्प) सफलतापूर्वक सम्पन्न भएको जनाएका छन् । विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ ।
राष्ट्रपति पौडेलले १६ वर्षदेखि प्रोस्टेटको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गरिएको चिकित्सकले बताए ।