झडपका कारण चितवनमा ६० जना घाइते (भिडियो)

चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समर्थक र प्रहरीबीचको झडपमा ६० जना घाइते भएका छन् । प्रदर्शनका कारण अहिले चितवन तनावग्रस्त भएको छ ।

जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । झडपमा प्रहरीतर्फ २० भन्दा बढी घाइते भएका छन् भने रास्वपाका ४० बढी कार्यकर्ता घाइते भएका छन् । उनीहरुको भरतपुर सामुदायिक लगायतका अस्पतालहरुमा उपचार भैरहेको रास्वपाका नेता मिलन लिम्बुले बताए ।

प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि बल प्रयोग गर्नु परेको प्रहरीको दाबी छ । प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । केहीबेर तितरबितर भएका रवि समर्थकले फेरि प्रहरी कार्यालय अघि आएर नाराबाजी सुरु गर्न थालेका छन् ।

मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।

चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार (भिडियो)

सम्बन्धित समाचार