लुम्बिनी लायन्सले नपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो ।
एनपीएलमा पहिलो खेल खेलिरहेको लुम्बिनीले अहिलेसम्मकै ठूलो योगफल तयार पारेको हो । यसअघि सुदुरपश्चिमले विराटनगरविरुद्ध नै १ सय ८२ रनको विशाल योगफल तयार पारेको थियो ।
कप्तान रोहित पौडेलले बनाएको ४६ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो । कप्तान रोहितले २९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दा राजेश पुलामीको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए । १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाएका टम मोर्स रन आउट भए ।
ओपनर आशुतोष घिरैया १५ रन बनाउँदै रन आउट भए । अर्जुन साउद १७ रनमा इस्मत आलको बलमा बोल्ड आउट भए । सन्दीप जोरा १२ रनमा रनआउट हुन पुगे । साद विन जफर १५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा मार्टिन गप्टीलको हातबाट क्याच आउट भए । वेन कटिङ ६ रनमा रनआउट भए ।
विवेक यादव १९ र रेमोन सिमोन्ड २ रनमा अविजित रहे । लुम्बिनीका चार खेलाडी रन आउट भए । विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक विकेट लिए ।