मकर जितुमाया सुरी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रारम्भीक सेयर (आईपीओ)  निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ  निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । मकर जितुमाया सुरी हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले कुल जारी पूँजी ७६ लाख कित्ताको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार  र सर्वसाधारणका लागि १५ लाख २० हजार  कित्ता आईपीओ निष्काशन गर्नेछ ।  कम्पनीले निर्माण गरिरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार