कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरको रोमाञ्चक जित

नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा अन्तिम ओभरको सुरुवाती पांँच बलमा १५ जोड्दै विराटनगरले लुम्बिनी लायन्सविरूद्ध २ विकेटको रोमाञ्चक जित निकालेको हो ।

अघिल्ला दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो । लुम्बिनी भने आफ्नो पहिलो खेलमा पराजित भयो । लुम्बिनीले दिएको १ सय ९२ रनको कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगरले १ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो ।

विराटनगरका ओपनर लोकेश बम ४७ बलमा ३ चौका र ५ छक्का सहयोगमा ७१ रन बनाउँदै पेभेलियन फर्के । मार्टिन गुप्टिल २८ रन बनाउँदा दुर्गेस गुप्ताको बलमा बोल्ड आउट भए । बसिर अहमद ४० रन बनाउँदा क्याच आउट हुन पुगे । प्रतिस जिसी ६ रनमा पेभेलियन फर्के ।

लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट लिए भने साद विन जफर र रामोन सिमोन्डले समान दुई विकेट लिए । विवेक यादवले एक विकेट लिए ।

टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ७ विकेटको क्षतिमा १९१ रन जोड्यो ।

लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ४६ रन जोडे । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । विवेक यादवले ७ बलमा ३ छक्का प्रहार गर्दै नटआउट १९ रन जोडे ।

ओपनरद्वय आशुतोष घिरैयाले १५ रन र अर्जुन साउदले १७ रन जोडे । चौथो ओभरमा निकोलास किर्टोनबाट रनआउट हुनुअघि घिरैयाले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । अर्जुनले इस्मत आलमबाट बोल्ड हुनुअघि १९ बलमा ३ चौका प्रहार गरे ।

टस मुर्स १३औं ओभरमा रनआउट भएका थिए । उनले १७ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३० रन जोडे । सन्दीप जोरा पनि रनआउटकै सिकार भए। उनले १३ बलमा १२ रन जोड्न सके ।

साद बीन जफरलाई विराटनगरका कप्तान सन्दीप लामिछानले मार्टिन गप्टिलबाट क्याच हुनुअघि १३ बलमा १५ रन बनाए ।

बने कटिङ पनि रनआउट रनआउट नै भए । उनी १९औं ओभरमा ६ रन बनाएर खेलिरहदा विवेक यादवसँग दुई रन लिने क्रममा रनआउट भएका थिए ।

बलिङमा विराटनगरका सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक/एक विकेट लिए । यस्तै लुम्बिनीका चार ब्याटर रनआउटको सिकार बने ।

सम्बन्धित समाचार