नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन मंगलबार १७.८० अंकले बढेको नेप्से आज २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स २.१८ अंकले घटेर ४६९.०३ विन्दुमा पुगेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । यसदिन ३२० स्क्रिप्सको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँमा खरिदबिक्री भए ।
दोहोरो अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
सेयर बढेका कम्पनीमा खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, रिभर फल्स पावर, इङवा हाइड्रोपावरलगायत छन् । यी कम्पनीको सेयर ९ प्रतिशत बढीले बढेको छ ।
तर सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयरमा भने नकारात्मक सर्किट लागेको छ । विशालबजार कम्पनीको पनि ९।१७ प्रतिशतले सेयर घटेको छ ।
सर्वाधिक कारोबारमा आज जोशी हाइड्रोपावरको ३० करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २९ करोड, आँखुखोला जलविद्युत्को २६ करोडको कारोबार भएको छ ।