काठमाडौँको टुँडिखेलमा बुधबार बिहान साढे ६ बजे मृत फेला परेका पुरुषको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृतक व्यक्ति मकवानपुरका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल रहेका छन् । उनको साथमा फेला परेको नागरिकताका आधारमा पहिचान गरिएको एसपी अधिकारीले जानकारी दिए ।
शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो ।
मृतकको बायाँ हात छेउमा चक्कु फेला परेको छ । उक्त हात मुनि रगत देखिएको एसपी अधिकारीले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।