सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेडक्वार्टर ज्वालामाई दाङबाट राजीनामा दिएका इन्स्पेक्टर टविलाल कुँवरविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा उनीविरूद्ध झुट्टा शैक्षिक प्रमाणपत्र देखाएर बढुवा लिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
कुँवरले माध्यमिक शिक्षा परिषद उत्तर प्रदेश (बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेशन, युपी) अन्तर्गत हाइ स्कुल तहको परीक्षा उत्तीर्ण गरेको भनेर झुट्टा प्रमाणपत्र पेश गरेको आरोप छ ।
राष्ट्रसेवकको पदमा प्रवेश गरेर बढुवा पाएको भन्दै उनले लाभ लिएको आरोपमा मुद्दा दायर गरेको हो । कुँवरमाथि अख्तियारले छानबिन गरेपछि राजीनामा दिएका थिए ।