मोरङमा प्रहरीले स्रोत नखुलेको ४७ लाख रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ दर्वेशाका ६५ वर्षीया ज्योतिदेवी अग्रवाल छन् ।
उनलाई स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँ नगदसहित मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको घरमा स्रोत नखुलेको नगद लुकाएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त रकम अग्रवालको घरमा टिनको बाकसमा राखेको अवस्थामा भेटिएको थियो ।