नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले दोस्रो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो । काठमाडौंले यसअघि लुम्बिनीलाई हराएको थियो ।
काठमाडौंले १८२ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि चितवनले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३० रनमात्र बनाउनसक्यो ।
चितवनका लागि अमर रौटेलाले सर्वाधिक ४२ रन बनाए । त्यस्तै कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन र सन्तोष कार्कीले २८ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । विराटनगरका लागि सन्दीप लामिछानेले २ र क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेस बमले एक(एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरको खेलमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । विराटनगरका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले । ४४ बलमा उनले ४ चौका र ४ छक्कासहित ६८ रन अविजित रहे । त्यस्तै राजेश पुलामी मगर ३३ रनमा अविजित रहे। २० बलमा उनले १ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै मार्टिन गुप्टिलले ४५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । चितवनका लागि रिजन ढकालले २ विकेट र सोहिल तनवीर, बसिल हमिद र कुशल मल्लले १ विकेट लिए ।
जितसँगै प्लेअफ पुग्ने झिनो सम्भावनालाई विराटनगरले जीवित नै राखेको छ भने चितवनलाई भने धक्का लागेको छ । दुवै टोलीले १(१ खेल्न बाँकी छ ।