राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा समस्या : मन्त्री गुरुङ

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औं वार्षिक साधारण सभा एवं सातौं महासभामा बोल्दै उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको बताएका हुन् ।

दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारले समस्याको समाधान खोज्न सुरु गरेको बताए । राजस्व संकलनमा समस्या आएको स्वीकार गर्दै मन्त्री गुरुङले भने, ‘राजस्व इच्छाएको अनुसार उठ्न सकिरहेको छैन । भन्सार राजस्व भनेको अर्थतन्त्रको मुख्य स्रोत हो र आयातमा गिरावट आएकोले राजस्व र पूँजीगत खर्चमा असर पुर्‍याएको छ ।’

सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउन विभिन्न मन्त्रालयलाई निर्देशन दिएका उनले बताए। उनले नीतिगत स्थिरता नहुनु नै अर्थतन्त्रको समस्याको मुख्य कारण भएको बताए । ‘यो सरकार उत्तरदायी देखिन्छ, तर अझै प्रयास गर्न बाँकी छ,’ मन्त्री गुरुङले भने, ‘सहजीकरण गर्नुपर्ने अवस्थामा कठिन नियमन काम गलत हो ।’

सम्बन्धित समाचार