पुसका लागि नयाँ ब्याजदर सार्वजनिक, ३ बैंकले घटाउँदा ३ वटाले बढाए (सूचीसहित)

Image

वाणिज्य बैंकहरुले पुसका लागि व्याजदर सार्वजनिक गरेका छन् । मंसिरमा २० वटा वाणिज्य बैंकको व्याजदर औसतमा ५.९७ प्रतिशत रहेकामा पुसमा ०.०५ प्रतिशत विन्दुले बढेर ६.०२ प्रतिशत विन्दुमा पुगेको छ ।

मंसिरको तुलनामा पुसमा तीन वटा बैंकले व्याजदर घटाएका छन् भने तीन वटाले बढाएका छन् । बाँकी १४ वटा बैंकले मंसिरको व्याजदर यथावत् राखेका छन् ।

पुसा महिनामा एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले ब्याजदर बढाउँदा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले भने मंसिरको तुलनामा पुसका लागि ब्याजदर घटाएका हुन् ।

नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ०.३५ प्रतिशतले घटाएर ५.५६ प्रतिशत ब्याज कायम गर्दा एनआईसी एसियाले ०.१९ प्रतिशतले घटाएर ६.६ प्रतिशत र सानिमा बैंकले ०.१ प्रतिशतले ब्याज घटाएर ६.०५ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।

यस्तै कृषि विकास बैंकले भने ०.०३३ प्रतिशतले ब्याजदर बढाएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.५३ प्रतिशत कायम गर्दा प्राइम कमर्सियल बैंकले ०.५ प्रतिशतले बढाएर ६.२५ प्रतिशत र एनएमबी बैंकले १.०३ प्रतिशत ब्याज बढाएर ६.६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बाँकी लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, स्टान्डर्ड चाटर्ड बैंक, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक र हिमालयन बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

विज्ञापन
विज्ञापन