प्रहरीले बुझायो लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन, तीन मुद्दामा कारबाही सिफारिस

Image

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान सकेर कास्की प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवदेन बुझाएको छ ।

गत कार्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको हो । सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

उनीहरूमाथि प्रहरीले संगठित अपराध, सम्पत्ति शुद्धिकरण र सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरेको थियो ।

जोशी असोज ६ गते र लामिछाने कार्तिक २ गते पक्राउ परेका थिए । पक्राउ परेको ८५ दिनमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । अब सरकारी वकिल कार्यालयले माग दाबीसहित अदालतमा मुद्दा दर्ता गर्ने छ ।

कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा संलग्न पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको अधिकृतहरूले बताएका छन् ।

विज्ञापन
विज्ञापन