एसीसी महिला यु-१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर ९४ रन बनाएको हो ।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् । त्यस्तै अलिशा कुमारी यादव २० रनमा अविजित रहिन् । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
भारतका लागि परुनिका सिसोडियाले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै आन्नदिता किशोर र मिथिला भीले १-१ विकेट लिए ।