दाङको तुलसीपुर- २ भम्केस्थित एकताटोलमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
घरायसी विवादका कारण चित्रबहादुर बुढाथोकीले टाउकोमा दाउ प्रहार गरी श्रीमती हस्तिकुमारी बुढाथोकीको हत्या गरेका हुन् ।
श्रीमतीको हत्यागरी फरार रहेका चित्रबहादुरलाई तुल्सीपुर- ७ स्थित कारागार कार्यालय नजिकैबाट नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको तुल्सीपुर प्रहरी प्रमुख अनील ठकुरीले बताए ।