चलचित्र ‘चिठ्ठा’मार्फत अभिनेता धिरेन शाक्य चलचित्रमा फर्किने भएका छन् । धिरेन लामो समयपछि चलचित्रको पर्दामा फर्किन लागेका हुन् ।
म्युजिक भिडियोमार्फत दर्शकमा आइरहे पनि उनले चलचित्रमा अभिनय नगरेको भने धेरै भइसकेको छ । कमेडी जानरामा निर्माण हुने चलचित्र ‘चिठ्ठा’मार्फत उनी पुनः ठूलो पर्दामा आउन लागेका हुन् ।
चलचित्र ‘चिठ्ठा’ पुस दोस्रो साताबाट छायांकनमा जानेछ । आरएल लामा मोक्तानले निर्देशन गर्ने चलचित्रको कथा, पटकथा तथा संवाद पनि निर्देशक स्वयंले लेखेका छन् ।
चलचित्रमा धिरेन शाक्यसँगै भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा, रसिला कार्कीलगायत कलाकारको मुख्य भूमिका रहने निर्देशक लामाले बताएका छन् । चलचित्रका लागि एक अभिनेता र एक अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाको भनाइ छ ।
रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको चलचित्रमा आर सुनाम मोक्तानको लगानी रहनेछ । मियम मोक्तान सह–निर्माता रहेका छन् । चलचित्रलाई सञ्चु थोकरको खिच्नेछन् ।