नेपाल बैंकर्स संघमा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष सन्तोष कोइराला, उपाध्यक्ष सुरेन्द्र रेग्मी र सदस्यहरु तिलकराज पाण्डे तथा रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका हुन्। आज भएको संघको साधारणसभामा नयाँ कार्यसमिति चयन भएको हो।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उम्मेदवारी दिए पनि शेरचन पछाडि हटेपछि कोइराला निर्विरोध भए। कोइराला संघका वर्तमान उपाध्यक्ष हुन्।