मिटरब्याज पीडितको समस्या समाधानबारे संसदलाई जानकारी गराउन माग

काठमाडौं : राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौडेलले मिटरब्याज पीडितहरुको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेकी छिन्।

मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भइरहेको छ रु भन्ने थाहा नपाएकाले संसदलाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाई छ ।

सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि आफूहरूले पनि संसदमा कुरा उठाएको तर त्यसको सुनुवाइ भएजस्तो नलागेको पनि उनले बताइन्।

‘गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । मिटरब्याज पीडितहरू काठमाडौंमा आउनु भयो। धर्ना बस्नु भयो। सरकारलाई दुःख पनि देखाउनु भयो । सांसदहरूसँग पनि भेट्नु भयो। हामीले संसदमा कुरा पनि उठायौं। वार्ता समिति बन्यो।’ उनले भनिन्, ‘अब के भयो रु हामी कहाँ छौं रु त्यो समस्या समाधान भयो कि भएन रु त्यो विषयमा गृह मन्त्रालयले हामीलाई एकचोटि भनिदिए हुन्थ्यो भन्ने अनुरोध छ ।’

पौडेलले मिटरब्याज पीडितहरुको दुःखमा साथ दिने काममा सरकारले ढिलाई गर्न नहुने पनि बताइन्।