काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ ।
बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । सोमबार होटल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले गिरावट भएको हो ।
नेप्सेमा सामान्य वृद्धि भएपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएको बजारमा सोमबार ९१ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ३५ हजार ५४९ वटा कारोबारमा २९ लाख ६० हजार ८६३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ८४ लाखको कारोबार हुँदा सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६६ लाख र एनआईसी एशिया बैंकको २ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।